
काठमाडौँः सरकारले समस्याग्रस्त सहकारीको अध्ययन र व्यवस्थापनका लागि समिति गठन गरेको छ। प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गरेको हो।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले समिति गठन गरेको एक मन्त्रीले बताए। यस्तै समितिको सदस्यमा केशव आचार्य नियुक्त भएका छन्।
यसअघि पनि समस्याग्रस्त सहकारीको अध्ययनका लागि विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन भएको थियो।
मन्त्रिपरिषदले हेटौँडा सिमेन्टको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ। खुला प्रतिस्पर्धाबाट पाण्डेको नियुक्ति भएको हो। यस्तै गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा चेतन धमला नियुक्त भएका छन्।