PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित, मतदानका क्रममा नेपाल अनुपस्थित



पहिलोपोस्ट

राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित, मतदानका क्रममा नेपाल अनुपस्थित

काठमाडौँः संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ। राष्ट्र संघको महासभाले रुसलाई परिषदबाट निलम्बन गरेको हो। 

निलम्बनको प्रस्तावको पक्षमा ९३ देशले मत दिएका छन्। यस्तै, प्रस्तावको विपक्षमा २४ देश उभिँदा ५८ देश अनुपस्थित भएका छन्। 

मतदानका क्रममा नेपाल पनि अनुपस्थित भएको छ। यसअघि नेपालले रुसविरुद्ध मतदान गरेको थियो। 

युक्रेनमाथि रसियाली सेनाले आक्रमण गर्दा भएको मानव अधिकारको उल्लंघन र दूर्व्यवहार रिपोर्टका आधारमा महासभामा मतदान भएको हो। 

महासभाको दुई तिहाई मतले मानव अधिकार परिषद्को सदस्यबाट हटाउन सकिने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell