PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्छु : इमरान खान



पहिलोपोस्ट

पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्छु : इमरान खान
Photo : Dailytimes/pk

पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तिम बलसम्म देशका लागि लड्ने बताएका छन्। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो।

सर्वोच्चको आदेशपछि इमरानले शुक्रवार पाकिस्तानी जनतालाई सम्बोधन गर्ने बताएका छन्। यस्तै, उनले संसदीय दलको बैठक पनि बोलाएका छन्। आजको सम्बोधनमा उनले अहम घोषणा गर्न सक्ने अनुमान गरिएको छ।

‘म अन्‍तिम बलसम्म पाकिस्तानका लागि संघर्ष गरिरहन्छु,’ उनले भनेका छन्। इमरान खान नेतृत्वको सरकारले फेरि सर्वोच्च अदालतसँग उक्त विषयलाई पुनरावलोकन गर्न आग्रह गर्न भन्न सक्ने बताइएको छ।

चैत २६ गते संसदमा अविश्वासको प्रस्ताव अघि बढाउन अदालतले आदेश समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell