इजरायलको तेल अभिभ शहरमा भएको बन्धुक आक्रमणबाट दुईजनाको मृत्यु भएको छ। यस्तै, १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा २७ र २८ वर्षीय पुरुष रहेको अलजजिराले उल्लेख गरेको छ। घाइते हुनेमा एक महिलासहित चारजनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीले संदिग्ध आक्रमणकारीमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको छ। आक्रमणको घटनापछि सयौं प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी गरेको थियो। शुक्रवार बिहान जफ्फामा रहेको एक मस्जिद नजिकै प्रहरी कारवाहीमा उनको मृत्यु भएको हो। आक्रमणकारी प्यालेस्टाइनी नागरिक भएको दाबी इजरालयी अधिकारीहरुले गरेका छन्।
