PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु



पहिलोपोस्ट

रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु
FILE PHOTO

काठमाडौं : सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ। रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीतामा बिहीवार ६ वटा खेल सम्पन्न भएका छन्।

बिहीबारदेखि सुरु खेलमा आज चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए।

पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबिच हुनेछ। दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबिच हुनेछ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबिच हुनेछ। चौथो खेल गण्डकी र प्रदेश नं १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिए।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बिच भलिबलको उद्घाटन गर्दै रानीमहल बिच भलिबलको राजधानी बनाउन सकिने बताए। कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताए।

महिला बिच भलिबलका विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले ३० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell