काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।
गोकर्णेश्वर नगरपालिका-३ जगडोल वन कार्यालय नजिक जंगलमा काठमाडौं महानगरपालिका-६ कपन सरस्वती नगर बस्ने भोजपुर हतुवागढी गाउँपालिका-२ घर भएकी २७ वर्षीया निला राई बिहीवार मृत अवस्थामा फेला परेकी हुन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
