PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

बालबालिकालाई विद्यालयमै दिँइदैछ टाइफाइडविरुद्धको खोप

बालबालिकालाई विद्यालयमै दिँइदैछ टाइफाइडविरुद्धको खोप

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : देशभर १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाई स्कुलबाट खोप अभियानको सुरुवात गरेका थिए।

खोप अभियान शुभारम्भसँगै सातै प्रदेशमा टाइफाइडविरुद्धको खोप दिने कार्य आज पनि जारी छ। खोप अभियानबाट १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने सरकारले जनाएको छ।

टाइफाइड रोगको संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार खोप अभियान सुरु भएको हो।

काठमाडौंको ओन्डेस्थित सरस्वती निकेतन विद्यालयमा पनि बालबालिकालाई खोप दिइएको छ। सरस्वती निकेतनमा जारी खोप अभियानको दृश्य :

:



ट्रेन्डिङ पोस्ट

Ncell