PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

चिरिबाबुले पेश गरे कामको फेहरिस्त : ललितपुर महानगरलाई अब्बल र अनुकरणीय बनाएको दाबी



पहिलोपोस्ट

चिरिबाबुले पेश गरे कामको फेहरिस्त : ललितपुर महानगरलाई अब्बल र अनुकरणीय बनाएको दाबी

काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो पाँच वर्ष कार्यकाल सफल भएको दाबी गरेका छन्। उनले ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहका रुपमा चिनाएको समेत बताएका छन्।

आफ्नो कार्यकालबारे जानकारी दिन आयोजित गर्न पत्रकार सम्मेलनमा उनले कामको फेहरिस्ट पेश गरेका थए।  

पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ बजेटमा फागुनसम्म १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ खर्च भएको उनले बताए। पाँच वर्षमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन गरेको समेत उनले बताए।

पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए। सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको उनको जिकिर थियो। उनले महानगर भित्र वडास्तरीय तथा नगर स्थरिय गरी सात हजार पाँच सय विकास आयोजनाहरु सम्पन्न गरेको समेत बताए। स्मार्ट सडक बत्ती महानगरका चार वटा रुटको सडकमा ६७९ वटा जडान गरेको र पूर्वाधारहरु अपाङ्ग मैत्री रहेको उनको दाबी थियो।

महर्जनले रिङ रोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए। साथै, ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको पनि बताए। महानगर भित्रका अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेको उनले जानकारी दिए। आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले १० लाखसम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको उनले बताए।

त्यस्तै महर्जनले महानगरिय प्रहरी परिसर जावालाखेलसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जडान भएका नगरभित्र सिसिटिभि जडान कार्य सूरु गरिएको समेत बताए। महानगरपालिका भित्रका ८१ हजार घरधुरीलाई सडक संजालमा आधारित घर नम्बर वितरण गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell