PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सबैतिर तालमेल गरेर जाने निर्णय भयो : पुष्पकमल दाहाल



रासस

सबैतिर तालमेल गरेर जाने निर्णय भयो : पुष्पकमल दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबिच तालमेलको विषयमा कुरा भएको बताएका छन्।

संचारकर्मीसँग कुराकानी गर्दै अघ्यक्ष दाहालले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन्।

'मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ। सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो,' दाहालले भने।

अर्को एक फरक प्रसङ्गमा अध्यक्ष भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए।

उनले भने, 'छलफलबाट निकास निकाल्छौँ। केही समस्या छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell