
काठमाडौं : नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपाल कृष्ण घिमिरे निर्वाचित भएका छन्। बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षको उम्मेद्वारी दिएका घिमिरेले ४ हजार ४ सय ७४ मत प्राप्त गरेका छन्।
उनले विष्णुमणि अधिकारीलाई पराजित गर्दै जित हासिल गरेका हुन्। अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्। उपाध्यक्ष (प्रदेश नम्बर १) पदमा अधिवक्ता सुरज खत्री विजयी भएका हुन्। खत्रीले ४ हजार ४ सय २९ मत ल्याएका छन्।
उपाध्यक्ष (मधेस प्रदेश) पदमा अधिवक्ता सुधिर कुमार कर्ण विजयी भएका छन्। कर्णले ४ हजार ५ सय ५ मत ल्याएका छन्। उपाध्यक्ष (वाग्मती प्रदेश) पदमा अधिवक्ता हर्कबहादुर रावल विजयी भएका छन्। रावलले ४ हजार ३ सय ४७ मत ल्याएका छन्।
त्यस्तै, उपाध्यक्ष (गण्डकी प्रदेश) पदमा अधिवक्ता वीरेन्द्र केसी विजयी भएका छन्। केसीले ४ हजार २ सय ४८ मत ल्याएका छन्। उपाध्यक्ष (लुम्बिनी प्रदेश) पदमा अधिवक्ता पशुपति भण्डारी विजयी भएका छन्। भण्डारीले ४ हजार ९९ मत ल्याएका छन्।
यस्तै, उपाध्यक्ष (कर्णाली प्रदेश) पदमा अधिवक्ता उत्तम प्रसाद आचार्य विजयी भएका छन्। आचार्यले ४ हजार ३ सय २० मत ल्याएका छन्। उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) पदमा अधिवक्ता तुलाराम गिरी विजयी भएका छन्। गिरीले ४ हजार ३ सय ३७ मत ल्याएका छन्।
उपाध्यक्ष (महिला खुला) पदमा अधिवक्ता आशा राई विजयी भएकी छिन्। राईले ४ हजार ४९ मत ल्याएकी छिन्
कोषाध्यक्षमा भरत बहादुर राउतले ४ हजार ३६ मत ल्याएर विजय भएका हुन्।
महासचिव पदमा भने अन्जिता खनाल विजयी भएकी छिन्। उनले ३ हजार ६८२ मत प्राप्त गरेकी हुन्।
बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन भएको हो। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन भएको थियो।