PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रचण्डले ५४ सिटको दुरुपयोग गरे, माधव नेपालसँग ३ सिट जित्ने हुती छैन : ओली



पहिलोपोस्ट

प्रचण्डले ५४ सिटको दुरुपयोग गरे, माधव नेपालसँग ३ सिट जित्ने हुती छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनु भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले चुनौती दिएका हुन्।

ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको आरोप समेत लगाए।

‘५४ सिट दिइयो प्रचण्डलाई। तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे। ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन? माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो? उनको नेतृत्वमा  अब ३ सिट ल्याएर देखाउन त?’ ओलीले भने।

ओलीले बैशाख ३० गते हुने स्थानीय निर्वाचन र त्यसपछिका परिणाम बेग्लै हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell