PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एमालेको सूर्य चुनाव चिह्नमा राप्रपा नेपालले निर्वाचन लड्न सक्छ : कमल थापा



पहिलोपोस्ट

एमालेको सूर्य चुनाव चिह्नमा राप्रपा नेपालले निर्वाचन लड्न सक्छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रवार स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै थापाले अहिले एमालेको चुनाव चिह्नमा निर्वाचन लड्न सक्नेबारेमा छलफल भइरहेको बताएका हुन्।

एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको उनले जानकारी दिए।

‘राजनीतिक, कानूनी र व्यवहारिक रुपमा सम्भव भए र समझदारी कायम हुनसके हामीले नेकपा एमालेसँग सहकार्य र तालमेल गरेर जाने भएको हुँदा साझा चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय गर्न दिएको थियो। सम्भव भए आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेकै चुनाव चिह्न सूर्य लिएर उठ्न सक्ने सम्भावना छ,’ उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर राप्रपा नेपाल प्रवेश गरेका थापाको पार्टीको चुनाव चिह्न 'तीर' हो। यद्यपि, गठबन्धन भएमा राप्रपा नेपाल सूर्य चिह्नमा नै लड्न तयार भएको हो।

थापाले हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँगसँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell