PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

चार अक्षरको राजीनामा चाहिएन, म कुनै लाभको पदमा छैन भनेर तीन अक्षरको घोषणा ल्याए पुग्छ : प्रमुख निर्वाचन आयुक्त



पहिलोपोस्ट

चार अक्षरको राजीनामा चाहिएन, म कुनै लाभको पदमा छैन भनेर तीन अक्षरको घोषणा ल्याए पुग्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा बहालवाला पदाधिकारी र लाभका पदमा रहेका व्यक्तिको राजीनामा नखोज्ने स्पष्ट पारेको छ।। तर, उम्मेदवारी दर्ता गर्दा आफू लाभको पदमा नबसेको 'स्वघोषणा' भने सँगै पेश गर्नुपर्ने आयोगले जनाएको छ।

राजीनामाको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै 'चार अक्षर'को 'राजीनामा'को सट्टा 'तीन अक्षर'को 'घोषणा'लाई लागू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका हुन्। 

'हामीलाई चार अक्षरको राजीनामा चाहिँदैन। तीन अक्षरको घोषणा भए पुग्छ,' उनले अगाडि भने, 'उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले म कुनै लाभको पदमा छैन भनेर स्वघोषणा पत्र सँगै बुझाउनुपर्ने छ। यसरी स्वघोषणा पेश गरे सलामै छ नी उहाँहरुलाई।'

उनले ठेकेदारका हकमा पनि त्यस्तै स्वघोषणा साथमा दर्ता गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। प्रमुख आयुक्त थपलियाले यो व्यवस्था निर्वाचन ऐन, कानुन र नियमावलीमा रहेको र सोको पालना गराउने उनले बताए। 

'निर्माण व्यवसायीको आचार संहिता विपरित उम्मेद्वार आयो भने मुद्दा पर्ला, के होला, त्यस्तो बेला रामराम मात्र भन्ने हो' थपलियाले भने। उनले आचार संहिता राजपत्रमा प्रकाशित भइसकेकोले संशोधन नहुने बताए।

'आचार संहिता संशोधन हुँदैन।  केहि समस्या आए आयोगले स्पष्ट पार्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell