PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

समाजवादीका मन्त्रीलाई फिर्ता बोलाएर सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी



पहिलोपोस्ट

समाजवादीका मन्त्रीलाई फिर्ता बोलाएर सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो।

मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिलामन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्।

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो। उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो। यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजबादीकै कुलवीर चौधरी नियुक्त भएका छन्।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन्। सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ। नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाइएको छ। लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन्।

तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो। प्रदेश सभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमालेका १० जना सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell