PahiloPost

Jul 3, 2024 | २० असार २०८१

शतकबाट चुके गिल, पञ्जाबमाथि गुजरातको जित



पहिलोपोस्ट

शतकबाट चुके गिल, पञ्जाबमाथि गुजरातको जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा गुजरातले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। पञ्जाबका लागि लिआम लिभिङस्टोनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६४ रन बनाउँदा शिखर धवनले ३५ तथा जितेश शर्माले २३ रन बनाए। त्यस्तै राहुल चहरले अविजित २२ रन बनाउँदा शाहरुख खानले १५ रन जोडे।

बलिङतर्फ गुजरातका राशिद खानले सर्वाधिक ३ विकेट लिँदा दर्शन नालकण्डेले २ तथा मोहम्मद शामी, हार्दिक पाण्ड्या र लोकी फर्ग्युसनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातलका लागि अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै राहुल तेवातियाले खेल जिताए। उनले तीन बलमा दुई छक्काको सहायतामा १३ रन जोडे। त्यसअघि गुजरातलाई राम्रो सुरुवात दिलाका शुभमन गिल शतक बनाउनबाट ४ रनले चुकेका थिए। उनले ५९ बलमा सर्वाधिक ९६ रन बनाउँदा साइ सुदर्शनले ३५ तथा हार्दिक पाण्ड्याले २७ रन जोडे।

बलिङतर्फ पञ्जाबका कागिसो रबाडाले दुई तथा राहुल चहरले १ विकेट लिए।

आजको खेलमा जितसँगै तीन खेलमा शतप्रतिशत जित निकालेको गुजरात ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै ४ खेलमा दुई जित र दुई हार ब्यहोरेको पञ्जाब ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell