PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भारतको तमिलनाडुमा दुलहा र दुलहीलाई साथीहरुले उपहारमा दिए पेट्रोल र डिजेल



पहिलोपोस्ट

भारतको तमिलनाडुमा दुलहा र दुलहीलाई साथीहरुले उपहारमा दिए पेट्रोल र डिजेल
Photo : ANI

रसिया युक्रेन युद्धका कारण अहिले विश्व बजारमा इन्धनको मूल्य बढेको छ। दक्षिण एसियाली राष्ट्रमा पनि इन्धनको मूल्य बढ्दो छ। माग बमोजिम इन्धन आयात हुन सकेको छैन। जसकारण पेट्रोल र डिजेल पाउन सकस छ।

भारतमा पनि पेट्रोल र डिजेलको मूल्य बढ्दो छ। इन्धन भर्न पेट्रोल पम्पमा लाइन लागेको छ। कहिँकतै त ५० रुपैयाँभन्दा कम मूल्यमा इन्धन नदिने घोषणा नै गरिएको छ। पेट्रोलियम पदार्थको संकटबिच भारतमै एउटा रोचक घटना घटेको छ।

भारतको तमिलनाडुमा एक विवाह कार्यक्रममा अतिथिहरुले दुलहा र दुलहीलाई पेट्रोल र डिजेल उपहार स्वरुप प्रदान गरेका छन्। तमिलनाडुको चेंगलपट्टूमा ग्रेस कुमार र किरथानाको विवाह समारोहमा उनका साथीहरुले स्टेजमा गएर बोटलमा पेट्रोल र डिजेल उपहार दिएका हुन्। उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।

उपहार दिएको देखेर त्यहाँको माहोल केहीबेर रमाइलो भएको थियो।

तमिलनाडुमा गएको १५ दिनमा पेट्रोल र डिजेलमा ९ रुपैयाँ वृद्धि भइसकेको छ। तमिलनाडुमा पेट्रोल प्रतिलिटर भाररु ११०.८५ र डिजेल भारु १००.९४ मा बिक्रि हुँदैछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell