PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

काठमाडौं उपत्यका र वाग्मती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सीको भाडा पनि बढ्यो



पहिलोपोस्ट

काठमाडौं उपत्यका र वाग्मती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सीको भाडा पनि बढ्यो

काठमाडौं : काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको भाडा बढेको छ। पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १०-१५ प्रतिशतले बढाएको थियो। संघले सरकारले भाडा बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको हो।  

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको जनाइएको छ। 

वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ। समायोजनपछि सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ।

काठमाडौं उपत्यकामा भने ५ किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किमिभन्दा बढीका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार ५ किमिमा २० रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ३८ रुपैयाँ भाडा पुगेको छ। 

सुरुमा चढ्दा (फ्ल्याग डाउन) ५० रुपैयाँ कायम गरिएको छ।

यसैगरी वाग्मती सरकारले ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ। प्रतिक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकेको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ। रात्रिकालीन ट्याक्सीको भाडादर प्रति २ सय मिटर १३ रुपैयाँ तोकिएको छ। मालवाहक सवारीको भाडा १३ प्रतिशतले बढाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell