
फ्रान्सका राष्ट्रपति इमान्यूल माक्रोनले पोल्याण्डका प्रधानमन्त्री मतेउच मोराविकीलाई ‘दक्षिणपन्थी र यहुदी विरोधी’को संज्ञा गरेका छन्।
रसियाका राष्ट्रपति भ्लादमीर पुटिनसँग वार्ता गरेका कारण मोराविकीले माक्रोनको आलोचना गरेका थिए। मोराविकीले पुटिनसँगको छलफललाई हिटलरसँगको वार्ताका रुपमा व्याख्या गरेका थिए।
रसिया र युक्रेनबिच युद्ध सुरु भएयता माक्रोन लगातार पुटिनसँग छलफलमा छन्। यिनै वार्तालाई लक्षित गर्दै मोरोविकीले सोमवार भनेका थिए : पुटिनसँग कतिपटक वार्ता भयो र त्यो छलफलले तिमीले के हासिल गर्यौ?
जवाफमा माक्रोनले भनेका थिए, ‘पुटिनसँग कुरा गर्नु मेरो दायित्व हो। हामीलाई यो चाहियो छ। म छलफल गर्न छाड्दिन।’ माक्रोनले पुटिन र जेलेनस्कीसँग कुरा गरेर युद्ध अन्त्यका लागि पहल गर्न सक्ने बताएका थिए। उनले युद्धविराम घोषणा गरेर शान्ति स्थापनाका लागि प्रत्यन गर्नुपर्नेमा जोड दिएका थिए।
मोराविकीले पुटिनसँगको वार्ताबारे पटकपटक प्रश्न उठाएपछि माक्रोनले उनलाई ‘दक्षिणपन्थी र यहुदी विरोधी’ भनेका हुन्। राष्ट्रपति माक्रोनको उक्त अभिव्यक्ति पछि शुक्रवार पोल्याण्डले फ्रान्सेली राजदूतलाई बोलाइएर स्पष्टीकरण सोधेको थियो। पोल्याण्ड सरकारले भने माक्रोनको अभिव्यक्तिप्रति विरोध जनाएको छ।
माक्रोनले मोराविकीलाई किन ‘यहुदी विरोधी’ भने भनेर स्पष्ट नभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। दोस्रो विश्व युद्धपछि यहुदीहरुलाई सम्पत्ति फिर्ता लिन पोल्याण्डले निकै कडा गरेको छ। जसकारण पोल्याण्डको आलोचना पनि हुँदै आएको छ।
माक्रोनले मोराविकीले फ्रान्सेली राष्ट्रपति निर्वाचनमा आफ्नो विरोधी मारिन लि पेनलाई सहयोग गरिरहेको आरोप पनि लगाएका छन्।