PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

रकलाई झापड हानेका विल स्मिथमाथि अस्करले लगायो १० वर्षको प्रतिबन्ध



पहिलोपोस्ट

रकलाई झापड हानेका विल स्मिथमाथि अस्करले लगायो १० वर्षको प्रतिबन्ध
Photo : Reuters

हलिउड अभिनेता विल स्मिथमाथि अस्कर अवार्डमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। हालै सम्पन्न अवार्ड समारोहमा उनले कार्यक्रम ‘होस्ट’ गरिरहेका क्रस रकलाई झापड हानेका थिए। अस्करले स्मिथमाथि १० वर्षको प्रतिबन्ध लगाएको हो। अस्करको यही संस्करणमा किङ रिचार्ड फिल्मका लागि स्मिथलाई उत्कृष्ट अभिनेता घोषितको अवार्ड दिइएको थियो।

यस्तै, स्मिथमाथि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सको कुनै पनि कार्यक्रममा सहभागी हुन पनि रोक लगाइएको छ।

यसअघि नै विल स्मिथले एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सको सदस्यबाट राजीनामा दिएका थिए।

क्रिसले स्मिथको श्रीमती जाडा पिंकेटको खौरिएको कपालबारे ठट्टा गरेका थिए। त्यसपछि स्मिथले रकलाई झापड हानेका थिए। पछि घटनाप्रति स्मिथले माफी मागेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell