काठमाडौं : अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी नदिने भएका छन्। केही दिन अघि स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेद्वार बनाउने घोषणा गरेको थियो।
आज सामाजिक संजालमा उनले उन्नत लोकतन्त्र पार्टीले मेयर पदमा उम्मेदवार बनाउने निर्णयलाई पूरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मानका रुपमा लिएको बताएका छन्। तर, प्राविधिक तथा कार्यव्यस्ताका कारण आफू महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उनले बताएका छन्।
उनले उम्मेदवारी घोषणा पछि लगाइएका आरोपहरु खण्डन समेत गरेका छन्। उनले आफ्नो जीवनमा राजनीतिलाई नजिकबाट नियालेको र नेपालमा ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’सहितको उन्नत लोकतन्त्रबिना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन नसक्ने बताएका छन्।