PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अढाई करोड रुपैयाँमा ब्यालेट एक्स-रे खरिद गर्दै भन्सार कार्यालय



पहिलोपोस्ट

अढाई करोड रुपैयाँमा ब्यालेट एक्स-रे खरिद गर्दै भन्सार कार्यालय

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले विदेशबाट आएका सामानको स्क्यानिङ गर्न समय धेरै लागेको गुनासो बढेपछि अर्को एक्स-रे रे मेसिन थप्‍ने प्रक्रिया सुरु गरेको छ।

भन्सार कार्यालयले अहिले एक्स-रे मेसिन खरिद गर्नको लागि इ टेन्डर समेत आह्वान गरिसकेको छ। भन्सार कार्यालयले करिब साढे २ करोड रुपैयाँको ब्यालेट एक्स-रे रे खरिद गर्न लागेको हो। अहिले भएको एक्स-रे रेमा लोड धेरै भएकाले सेवाग्राहीलाई समय धेरै लागेकाले अर्को मेसिन खरिद गर्न लागेको भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए। भन्सार कार्यालयले ५x६ फिटको  मेसिन खरिद गर्न लागेको हो।

'अहिले ठुलो प्रकारको एउटा मात्र एक्स-रे रे मेसिन मात्र छ। जसमा सेवाग्राहीले केही समय कुर्नुपर्ने गुनासो बढेपछि अर्को मेसिन किन्न लागेका हौँ,' प्रमुख भट्टराईले भने।

अहिले त्रिभुवन भन्सार कार्यलयमा १३ वटा एक्स-रे रे मेसिन रहेको छ। तीन प्रकारका मेसिनबाट कार्गो सामानको चेकिङ हुने गर्छ। ह्यान्ड क्यारी, लगेज र व्यालेट एक्स-रेबाट परीक्षण हुँदै आएको छ। ब्यालेट एक्स-रे रे भने एउटा मात्र रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell