PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

बैंक खातमा पैसा नभएको थाहा हुँदा हुँदै ८० लाखको चेक काट्ने महिला समातिइन्



पहिलोपोस्ट

बैंक खातमा पैसा नभएको थाहा हुँदा हुँदै ८० लाखको चेक काट्ने महिला समातिइन्

काठमाडौंः बैंकिङ कसूरका फरार रहेका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो। घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बाट पक्राउ गरेको हो।

उनी विरुद् अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell