PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

इलाममा मर्निङ वाकमा निस्किएका युवकको जङ्गली हात्तीको आक्रमणमा मृत्यु



रासस

इलाममा मर्निङ वाकमा निस्किएका युवकको जङ्गली हात्तीको आक्रमणमा मृत्यु

मङ्गबारे : इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। मर्निङ वाकमा निस्किएका रामबहादुरलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए।

घरबाट करिब दुई सय मिटर टाढा उहाँलाई हात्तीले आक्रमण गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell