हेटौँडाः नेकपा (एमाले) ले आउँदो स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाका हालका अध्यक्ष र उपाध्यक्ष दुबैलाई पुनः उम्मेदवार बनाउने भएको छ। अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई दोहोर्याउने निर्णय एमालेले गरेको हो।
एमाले गाउँ कमिटी बैठकले सर्वसम्मत सो निर्णय गरेको हो।
२०७४ मा लामाले कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रन्जितकुमार रानालाई १४४ मतान्तरले पराजित गरेका थिए।
उपाध्यक्षमा रानाले गठबन्धनकै उम्मेदवार मोमलाल दोङलाई ३६७ मतान्तरले पराजित गरेकी थिइन्।