PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

जनकपुरमा टि-२० क्रिकेट सुरु, पहिलो खेलमा परिवार ११ विजयी



पहिलोपोस्ट

जनकपुरमा टि-२० क्रिकेट सुरु, पहिलो खेलमा परिवार ११ विजयी

जनकपुरधामः जनकपुरधाममा शनिबारबाट सुरु भएको जनकपुर टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा परिवार ११ विजयी भएको छ। 
लखौरी क्रिकेट टिमले दिएको ६८ रनको झिनो लक्ष्य परिवार ११ ले मात्र २ विकेटको क्षतिमा पूरा गर्दै विजयी भएको हो। ६८ रनको लक्ष्य पछ्याएको परिवार ११ ले ११ ओभर ३ बलमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। परिवार ११ का लागि राहुल शर्माले ३१ र वीभाष यादवले १६ रनको योगदान दिए। 

लखौरीको बलिङमा सुरेश मण्डल र उमेश मण्डलले १÷१ विकेट हात पारे। 

लखौरीको ब्याटिङमा अभीनाष ठाकुर १७ र रघुनाथ मण्डलले १० रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। 

लखौरीलाई सस्तोमा समेट्न परिवार ११ का राहुल शर्माले सर्वाधिक ४ विकेट लिए। यस्तै, सुनिल यादवले ३ र राजीव यादवले २ विकेट विकेट लिए।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल बगेवा क्रिकेट टिम र रोयल जनकपुर तथा दोस्रोमा एफसीसी क्रिकेट क्लब र जय क्रिकेट क्लबबीच हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell