PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

म्यानचेस्टर युनाइटेड एभर्टनसँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड एभर्टनसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई हराएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले युनाइटेडमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

एभर्टनको जितमा एन्थोनी गोर्डोनले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे।

आजको जितले रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको एभर्टनलाई राहत मिलेको छ। आजको जितसँगै एभर्टन ३० खेलबाट २८ अंक जोडेर तालिकाको १७ औं स्थानमा उक्लिएको छ भने म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा उक्लने अवसर गुमाएको छ। ५१ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell