PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

अमेरिकी पुरुष रेस्लर पेड्रो भगवती खड्कासँग पराजित



पहिलोपोस्ट

अमेरिकी पुरुष रेस्लर पेड्रो भगवती खड्कासँग पराजित
तस्बीरहरु राखेप

काठमाडौं: नेपाल महिला रेस्लर भगवती खड्का (युनिका) ले अमेरिकी पुरुष रेस्लरलाई शनिबार अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा हराएकी छिन्।

भृकुटीमण्डपमा नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन्। भगवतीसंग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसंग ट्रिपल थ्रेट म्याच खेलेका थिए। त्यसमा पेड्रोले बाजी मारेका थिए। उक्त जितसँगै भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि ‘च्यालेन्ज’ गरेकी हुन्।

भृकुटिमण्डपमा भएको प्रतियोगिताको पुरुष सिंगल म्याचमा नेपाली ब्रोले पाकिस्तानका शेर खानलाई हराए। सिंगल म्याचकै महिलामा दुई भिडन्त भएको थियो। दुवै भिडन्त नेपाली रेस्लरबीच भएको थियो। पहिलोमा मनिषा रानाभाटले सपना माझीलाई हराइन् भने अर्कोमा स्नेहा थापा मगरले सपना गोपाली हराइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell