PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

साउथह्याम्टनमाथि चेल्सीको आधा दर्जन गोलको जित



पहिलोपोस्ट

साउथह्याम्टनमाथि चेल्सीको आधा दर्जन गोलको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले साउथह्याम्टनमाथि फराकिलो जित निकालेको छ। सेन्ट मेरि स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीमाथि ६-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

चेल्सीको जितमा म्यासन माउन्ट र टिमो वेर्नरले दोहोरो गोल गर्दा मार्कोस एलोन्सो र काइ हाभर्टेजले समान १ गोल गरे। प्रिमियर लिगमा ब्रेन्टफोर्टसँगको ४-१ को पराजय र च्याम्पियन्स लिगमा रियल मड्रिडसँगको ३-१ को पराजय ब्यहोरेको चेल्सीले आजको खेलबाट उत्कृष्ट पुनरागमन गरेको हो।

खेलको ८ औं मिनेटमै म्यासन माउन्टको पासमा एलोन्सोले गोल गर्दा चेल्सीले खेलमा अग्रता बनाएको थियो। १६ औं मिनेटमा माउन्टले नै गोल थप्दै अग्रता दोब्बर बनाए। त्यस्तै २१ औं मिनेटमा वेर्नर र ३१ औं मिनेटमा हार्भटेजले गोल गर्दा पहिलो हाफमा चेल्सी ४-० ले अघि रह्यो।

दोस्रो हाफमा चेल्सीले दुई गोल थप्यो। जसका लागि ४९ औं मिनेटमा वेर्नर र ५४ औं मिनेटमा माउन्टले गोल गरे।

जितसँगै चेल्सी ३० खेलबाट ६२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम छ। तालिकाको शीर्ष दुईमा ७३ अंक जोडेको म्यानचेस्टर सिटी र ७२ अंक जोडेको लिभरपुल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell