PahiloPost

May 15, 2025 | २ जेठ २०८२

ड्रोनबाट यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्रा

ड्रोनबाट यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:) को रथयात्रा सुरु भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट असन पुर्‍याइएको छ।

रथयात्राअघि जनबहालबाट मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइएको थियो। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई विराजमान गराएर सयौँ मानिसले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइएको हो।

आइतबार रथलाई असनबाट इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ। सोमबार रथलाई हनुमानढोकाबाट मरु, जैसीदेवल, मजिपात हुँदै लगन पुर्‍याइन्छ। लगनमा मछिन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाइन्छ र विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ।

ड्रोन दृश्यमा हेर्नुस् रथयात्रा

 



ट्रेन्डिङ पोस्ट

Ncell