PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

आर्सनल ब्राइटोनसँग पराजित



पहिलोपोस्ट

आर्सनल ब्राइटोनसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनल ब्राइटोनसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल ब्राइटोनसँग २-१ गोलअन्तरले पराजित भएको हो।

खेलको २८ औं मिनेटमा एनक मेपुको पासमा लिओनार्दो ट्रसआर्डले गोल गर्दै ब्राइटोनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मेपुले नै गोल थप्दै ब्राइटोनको अग्रता दोब्बर बनाए। उनले खेलको ६६ औं मिनेटमा मोइसेस काइसेडोको पासमा गोल गरेका थिए। आर्सनलका लागि मार्टिन ओडेगार्डले ८९ औं मिनेटमा सान्त्वना गोल फर्काए।

जितसँगै ब्राइटोन ३१ खेलबाट ३७ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ। ३० खेलबाट ५४ अंक जोडेको आर्सनल भने शीर्ष चारमा उक्लने अवसरबाट चुकेको छ।

आजै सम्पन्न प्रिमियर लिगका अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १-० गोलअन्तरले पराजित भयो भने चेल्सीले साउथह्याम्टनमाथि ६-० गोलअन्तरको जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell