काठमाडौं : र्यापर सुदिप भण्डारी (जी-बब)ले फिल्म ‘ए मेरो हजुर ४’ मा गाएको र्याप गीत युटयुब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।
जी बबकै शब्द र स्वर रहेको गीतमा हुक लाइन लिरिक्स भने सुरेन्द्र गुरुङ (हाकिम) ले दिएका छन्। गीतमा जी बबसँगै सुहाना थापा र अनमोल केसीलाई देख्न सकिन्छ।
र्याप ब्याटलमा जी बबले गाएको ‘मिलेन लेबल तेरो बाउ बोला ए’ शब्द निकै भाइरल भएको थियो। शनिवार सार्वजनिक गीत पनि सोही र्यापबाट प्रभावित छ।
हाल गीतको सानो अंशमात्रै सार्वजनिक गरिएको हो। पूरा गीत भने दर्शकहरुले हलमा मात्रै हेर्न पाउने निर्माण पक्षले जनाएको छ।
झरना थापाको निर्देशन रहेको फिल्म 'ए मेरो हजुर ४' आगामी वैशाख १ गते रिलिज हुनेछ।