PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नेपाली फुटसल टोलीले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपाली फुटसल टोलीले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै
फाइल फोटो

बिस्केक: एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। आजको खेल नेपाली समयअनुसार मध्यान्ह पौने ११ बजे सुरु हुनेछ।

बुधवार कीर्गिस्तान आएर नेपाली टोलीले यसअघि यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो। दुबै खेलमा जित निकाल्न असफल भए पनि पहिलो खेलको तुलनामा दोस्रो खेलमा धेरै सुधारिएको प्रदर्शन गरेको थियो।

नेपाली फुटसल टोलीका प्रशिक्षक बस्नेतले कम्तीमा एक खेलमा जितको लक्ष्य राखेको शनिबार प्रिम्याच कन्फ्रेन्समा बताएका थिए।

'हामीले राम्रो तयारी गरेका छौँ। महामारी र प्राविधिक समस्याले हामीले दुई महिनाको अभ्यास मात्र गरेका छौँ। हामीले ट्याक्टिकल पार्टमा फोकस गरेका छौँ। र प्रतिस्पर्धीको एनालाइज गरेका छौँ,' उनले भने, 'आफ्नो अभ्यासमा पनि कुनै कसर छोडेको छैन। तर प्रतिस्पर्धी जो भए पनि हामी तयार छौँ।'

उज्ज्वेकिस्तानका प्रशिक्षक अख्मयदिर बयखिमले आफूहरु समूहका खेल जित्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको बताए।

'तयारी राम्रो भएको छ। तयारीका क्रममा हामीले दुईटा मैत्रीपूर्ण खेल पनि खेल्यौँ। जसले गर्दा खेलाडी प्रतियोगिताका लागि तयार पनि छन्,' उनले भने, 'प्रतियोगितामा कडा प्रतिस्पर्धा हुनेछ। किनभने विपक्षी टिम राम्रो टिम छन्। एसियामा फुटसलको विकास भइरहेकाले तीनवटै प्रतिस्पर्धी सहज छैनन्।'

नेपाली टोली खेलस्थलमा आइसकेको छ।

खेलको प्रत्यक्ष प्रसारण हेर्न यो लिंकमा जानुहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell