PahiloPost

Jul 3, 2024 | २० असार २०८१

‘डी सिने अवार्ड’ मा केकी उत्कृष्ट अभिनेत्री, कसले कुन अवार्ड पाए ?



पहिलोपोस्ट

‘डी सिने अवार्ड’ मा केकी उत्कृष्ट अभिनेत्री, कसले कुन अवार्ड पाए ?

काठमाडौं: 'डी सिने अवार्ड' को १२ औं संस्करण सम्पन्न भएको छ। शनिबार धुलिखेलमा आयोजित अवार्ड समारोहमा फिल्म ‘मारुनी’ उत्कृष्ट फिल्म घोषित भएको छ। धेरै विधामा अवार्ड जितेर फिल्म मारुनीले वर्चस्व जमाएको छ। 

यसै फिल्मबाट निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि उत्कृष्ट अवार्ड हात पारे।

फिल्म ‘छ माया छपक्कै’ फिल्मलाई ८ विधामा र ‘साङ्लो’ लाई ६ विधामा अवार्ड प्रदान गरियो। फिल्म ‘छ माया छपक्कै’बाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोषित भइन्। जुरी अवार्डतर्फ 'छ माया छपक्कै' बाट उत्कृष्ट निर्देशकको अवार्ड दीपेन्द्र लामाले जिते।

कार्यक्रममा अभिनेत्री भूवन चन्दलाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ दिइएको थियो। उनलाई नगद २५ हजारसहित अवार्ड प्रदान गरिएको थियो। दुई वर्ष अगाडि रिलिज भएका फिल्महरुलाई समावेश गरेर अवार्ड समारोह आयोजना गरिएको  थियो।

कसले कुन अवार्ड पाए ?

उत्कृष्ट पाश्व संगीत: एलिस कार्की (साङ्लो)

उत्कृष्ट ध्वनी मिश्रण: अमित श्रेष्ठ (जात्रै जात्रा)

उत्कृष्ट गीतकार: राजेन्द्र थापा - जुनको जुनेली (छ माया छपक्कै)

उत्कृष्ट पाश्व गायिका : इतु जोजीजु - बिर्सन सकिन (मखमली मखमली)

उत्कृष्ट पाश्व गायक : कृष्ण काफ्ले - हाने मैले झटारो (मारुनी)

उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार : बसन्त थापा - जुनको जुनेली (छ माया छपक्कै)

उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल - सुन्यौ की सुनेनौ (लभ डायरीज)

उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज - एम जी रोडैमा (हजार जुनीसम्म)

उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ  (साङलो)

उत्कृष्ट हाँस्यकलाकार : केदार प्रसाद घिमिरे (छ माया छपक्कै)

उत्कृष्ट खलपात्र : प्रकाश शाह (साङ्लो)

उत्कृष्ट कथा : गोविन्द फूयांल (मारुनी)

उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ (जाईरा)

उत्कृष्ट सम्वाद : रामबाबु गुरुङ/उपेन्द्र सुब्बा (कबड्डी कबड्डी कबड्डी)

उत्कृष्ट नव–नायिका : रुवीना थापा (लभ डायरीज)

उत्कृष्ट नव–नायक : अंकीत शर्मा (रातो टीका निधारमा)

उत्कृष्ट नव–निर्देशक : विराज भट्ट (साङ्लो)

उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा (आमा)

उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ (कबड्डी कबड्डी कबड्डी)

उत्कृष्ट सह–अभिनेत्री : स्वस्तीमा खड्का (हजार जुनीसम्म)

उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल (छ माया छपक्कै)

उत्कृष्ट छायाँकार : सञ्जय लामा (मारुनी)

उत्कृष्ट सम्पादक : बिपिन मल्ल (छ माया छपक्कै)

उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (छ माया छपक्कै)

उत्कृष्ट अभिनेता : पुष्प खड्का (मारुनी)

उत्कृष्ट निर्देशक : नवल नेपाल (मारुनी)

उत्कृष्ट फिल्म : मारुनी (पुनम इन्टरटेनमेन्ट प्रा.लि.)

प्रोत्साहन अवार्ड : क्षितिज सुवेदी (वीर विक्रम २)

साउण्ड एडिटर : किशोर आचार्य (सानो मन)

भिएफएक्स आर्टिस्ट : समिर मियाँ (साङ्लो)

वर्षको पपुलर गायिका : मिलन नेवार : चरीले काफल (साङ्लो)

निर्देशक : दीपेन्द्र लामा (छ माया छपक्कै)

पपुलर फिल्म : छ माया छपक्कै  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell