काठमाडौं : पाल्पाको रानीमहलमा संचालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो।
पुलिसले लुम्बिनीलाई २१-८ र २१-१७ ले पराजित गर्यो। नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो। उपाधिसँगै पुलिसले एक लाख रुपैयाँ र उपविजेता लुम्बिनीले ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए।
