PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मौसमी प्रतिकूलताले विहानैदेखि आन्तरिक तर्फको उडान प्रभावित, हिमाली क्षेत्रको उडान हुन सकेन



पहिलोपोस्ट

मौसमी प्रतिकूलताले विहानैदेखि आन्तरिक तर्फको उडान प्रभावित, हिमाली क्षेत्रको उडान हुन सकेन

काठमाडौंः मौसमी प्रतिकूलताका कारण आइतबार विहानैदेखि आन्तरिकतर्फको उडान प्रभावित भएको छ। यतिखेर काठमाडौं विमानस्थलबाट हुँदै आएको हिमाली क्षेत्र तर्फको नियमित उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका अनुसार इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) अन्तर्गत उडान भइरहेका कारण यतिखेर विभिन्न सुगम गन्तव्यतर्फ आधा घण्टा ढिलाइ भइरहेको छ। 'विहान एकपटक हिमाली क्षेत्रको उडान भएको थियो। अहिले मौसम धुम्मिनुका साथै वर्षातका कारण हिमाली क्षेत्रतर्फको उडान हुन सकेको छैन। सुगमतर्फका गन्तव्यमा उडान आधा घण्टा डिले छ,' विमानस्थलका एक कर्मचारीले भने।

बुद्ध, यती, श्री, गुण, सौर्य, तारा, सिता, समिट लगायत विभिन्न वायुसेवा कम्पनीको आइतबार १ सय ६५ वटा उडानको तालिका छ। यसरी विहानैदेखि मौसमी प्रतिकूलताका कारण डिले भएका आन्तरिकतर्फका उडान राती १० बजेसम्म हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell