PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फेरि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ माथि



पहिलोपोस्ट

फेरि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ माथि

काठमाडौंः सुनको मूल्य पुनः एक लाख नाघेको छ। गत साता घट्ने क्रममा प्रतितोला ९८ हजार ५ सयसम्म भएको मूल्य पुनः बढ्दै आइतबार १ लाख ३ सय रुपैयाँ भएको छ।

गत शुक्रबारका तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँ थियो।

आयात रोकिए पनि सुनको बजारमा मन्दी छ। व्यवसायीहरुका अनुसार नयाँ खरिदकर्ताको चाप छैन। पुराना गरगहना बेच्न आउने पनि बजारमा न्यून छन्।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ भएको छ। १० रुपैयाँ बढ्दा गत शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔंस १९३०.९४ डलर रहेको सुनको कारोबार मूल्य बढेर आइतबार १९९७.५६ डलर भएको छ। चाँदीमा पनि बढोत्तरी छ। शुक्रबार प्रतिऔंस २४.६७ डलरमा कारोबार भएको चाँदी आइतबार २४.७८ डलर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell