PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

२६३८ जना डलर अर्बपतिमध्ये ३२७ जना महिला, १०१ जना महिला 'सेल्फ मेड' बिलेनियर



पहिलोपोस्ट

२६३८ जना डलर अर्बपतिमध्ये ३२७ जना महिला, १०१ जना महिला 'सेल्फ मेड' बिलेनियर
Photo : Forbes

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको डलर अर्बपतिहरुको सूचीमा ३२७ जना महिला परेका छन्। ३६ औं वार्षिक सूचीमा फोर्ब्सले २ हजार ६६८ जना डलर अर्बपतिहरुलाई समावेश गरेको थियो जसमध्ये महिलाहरु ३२७ जना रहेका छन्। गत वर्षभन्दा यसपाली महिला अर्बपतिहरुको संख्या घटेको छ।

३२७ महिला अर्बपतिमध्ये २२६ जना महिलाहरूले सम्पत्ति विरासतमा प्राप्त गरेका हुन् भने १०१ जना महिला ‘सेल्फमेड बिलेनियर’ हुन्। 

विश्वकै धनाढ्य महिलाहरुमध्ये टप टेन सूचीमा पहिलो नम्बरमा सौन्दर्य प्रशाधन कम्पनी लोरियलकी फ्रान्कोइ बेटेनकोर्ट मेयर्स रहेकी छिन्। फ्रेन्च नागरिक मेयर्सको कुल सम्पत्ति ७४.८ अर्ब डलर रहेको छ।

उनी गत वर्ष पनि संसारकै सबैभन्दा धनी महिला थिइन्। सौन्दर्य प्रशाधन कम्पनी लोरियलको संस्थापककी नातिनी ६८ वर्षकी मेयर्स ३६ औं वार्षिक विश्वका अर्बपतिहरूको सूचीमा १४ नम्बरमा परिन्। आफ्नी आमाको मृत्युपछि सम्पत्तिको उत्तराधिकारी बन्दा उनी पहिलो पटक २०१८ मा डलर अर्बपतिहरूको सूचीमा परेकी थिइन्।

विश्वकै दोस्रो धनी महिला वालमार्टकी एलिस वाल्टन हुन्। उनी वालमार्टका संस्थापक साम वाल्टनकी छोरी हुन्। उनको कुल सम्पत्ति ६५.३ अर्ब डलर रहेको छ। वाल्टनले सन् २०२० मा विश्वको सबैभन्दा धनी महिला बन्न सफल भएकी थिइन्। तर सन् २०२१ र २०२२ मा भने उनलाई लोरियलकी मेयर्ससँग आफ्नो स्थान गुमाइन्। यो वर्षको विश्वका अर्बपतिहरूको सूचीमा उनी १८ ‌औँ स्थानमा परेकी छिन्।

तेस्रो धनाढ्य महिला बनेकी जुलिया कोच कोच कम्पनीकी मालिक हुन्। कम्पनीमा उनको परिवारको ४२ प्रतिशत शेयर रहेको छ। जुलियाको कुल सम्पत्ति ६० अर्ब डलर रहेको छ। उनसट्ठी वर्षीया जुलिया फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको ३६ औं वार्षिक विश्वका अर्बपतिहरूको सूचीमा २१ नम्बरमा परेकी छिन्।

चौथो धनाढ्य महिला म्याकेन्जी स्कट अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी हुन्। उनको कुल सम्पत्ति ४३.६ अर्ब डलर रहेको छ। सन् २०१९ मा अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्ध विच्छेद गरेपछि उनले दुई वर्षभन्दा कम अवधिमा १२.५ बिलियन डलर १,२५० भन्दा बढी संस्थाहरूलाई दान गरिसकेकी छिन्। ९१ वर्षीय स्कट ४३.६ बिलियन डलर नेट वर्थका साथ विश्व अर्बपतिहरूको सूचीमा ३०औँ स्थानमा छिन्।

टप फाइभमा चकलेट कम्पनी मार्सकी ज्याकलिन मार्स परेकी छिन्। सन् १९११ मा ज्याकलिन मार्सका हजुरबुवा फ्रान्क सी. मार्सले स्थापना गरेका अमेरिकी क्यान्डी कम्पनी मार्स इन्कोर्पोरेटेडको अनुमानित एक तिहाइ मार्सले विरासतमा पाएकी हुन्। ३१.७ अर्ब डलरसहित उनी विश्व अर्बपतिहरुको सूचीमा ४१ औं स्थानमा छिन्।

यसैगरी छैठौं नम्बरमा छिन् जीना राइनहार्ट जो अस्ट्रेलियन माइनिङ तथा एग्रिकल्चर कम्पनी ह्यानकक प्रोस्पेक्टिङ ग्रुपकी अध्यक्ष हुन्। उनको कुल सम्पत्ति ३०.२ अर्ब डलर रहेको छ। उक्त कम्पनी जिना राइनहार्टका बुवा ल्याङ ह्यनककले स्थापना गरेका हुन्। अठसट्ठी वर्षिय जीना ३०.२ अर्ब डलर नेट वर्थका साथ विश्व अर्बपतिहरूको सूचीमा ४६औँ स्थानमा छिन्।

 

यसैगरी सातौं नम्बरमा क्यासिनो कम्पनीकी मिरियम एडेलसन परेकी छिन्। उनको कुल सम्पत्ति २७.५ अर्ब डलर रहेको छ। लस भेगासको क्यासिनो नै उनको कमाइको मुख्य स्रोत हो। उनी विश्वका धनाढ्यहरुको सूचीमा ५० औं स्थानमा छिन्।

यसैगरी जर्मन कार अटोमेकर बिएमडब्लुकी स्वामित्व रहेकी सुसेन क्लाटन आठौं स्थानमा छिन्। बिएमडब्लुको लगभग १९ प्रतिशत स्वामित्व सुसेन क्लाटनसँग छ। उनले उक्त कम्पनीको स्वामित्व आफ्नी आमा जोहाना क्वान्ड्ट र बुबा हर्बर्ट क्वान्ड्टबाट विरासतमा पाएका थिइन्।

क्लाटेनसँग रसायनिक कम्पनी अल्टानाको पनि स्वामित्व छ। उनी विश्वका अर्बपतिहरूको सूचीमा ५६ नम्बरमा परेकी छिन्। उनको नेट वर्थ २४.३ अर्ब डलर छ।

नवौं स्थानमा रहेकी आइरिस फन्टबोनाको कुल सम्पत्ति २२.८ अर्ब डलर रहेको छ। चिलीको उनी माइनिङ र पेय पदार्थको उद्योगमा छिन्। आइरिस र उनको परिवारले लन्डन स्टक एक्सचेन्जमा व्यापार गर्ने एन्टोफागास्टा पीएलसीमार्फत चिलीमा तामाको माइनिङ गर्छ। उनी विश्वका अर्बपतिहरूको सूचीमा ६७ औँ नम्बरमा परेकी छिन्।

यसैगरी दशौं नम्बरमा रहेकी अबिगेल जोनसोन सन् २०१४ देखि फिडेलिटी इन्भेष्टमेन्टको सीईओ रहेकी छिन्। उनको कुल सम्पत्ति २१.२ अर्ब डलर छ।  उक्त कम्पनी अबिगेलका हजुरबुबाले सन् १९४६ मा  स्थापना गरेका थिए।

उनीसँग कम्पनीको अनुमानित २४.५ प्रतिशत हिस्सेदारी छ। ६० वर्षकी अबिगेल २१.२ अर्ब डलर नेट वर्थका साथ विश्व अर्बपतिहरूको सूचीमा ७५औँ स्थानमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell