PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अर्थतन्त्र संकटमा छ, हस्तक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट रोक्न सकिँदैन : विष्णु पौडेल



पहिलोपोस्ट

अर्थतन्त्र संकटमा छ, हस्तक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट रोक्न सकिँदैन : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थ व्यवस्था जोखिम अवस्थामा रहेको बताएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल श्रीलंकाको बाटोमा रहेको समेत बताए।

‘मुलकको अर्थ व्यवस्था जोखिम अवस्थामा छ। सार्थक हस्तक्षेप गरेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन। संकट उन्मूख अवस्थाबाट बाहिर निकाल्न काम नगर्ने तर दाबी श्रीलंकाबाट हुनबाट जोगाउने छु भन्ने छ,’ उनले भने।

पौडेलले गभर्नर अधिकारीलाई निलम्बनर गरिएकोमा पनि आपत्ति जनाए। सरकारका गलत कामको साथ नदिएका कारण अधिकारीलाई हटाइएको उनको आरोप थियो। उनले निलम्बित गभर्नर अधिकारीलाई पुन: बहाल गर्न माग पनि गरे। उनलाई पुन: बहाद नगरिए देशको आर्थिक अवस्था थप संकटपूर्ण हुने उनको भनाइ थियो।

'अब्बल भूमिकामा रहेका महाप्रसाद अधिकारीलाई हटाएर अवान्छित निर्णय गरेको छ सरकारले। उनलाई सरकारका गलत काममा साथ नदिएका कारण हटाइएको हो। गर्भनरमाथि गरिएको हस्तक्षेप तत्काल फिर्ता नगरिए आर्थिक अवस्था झन संकटपूर्ण अवस्थामा पुग्ने छ। मुलकको आर्थिक अवस्था जोगाउन हस्तक्षप गर्नु जरुरी छ,' पौडेलले भने। 

पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको अंगको रुपमा संचालन गर्ने प्रयास गरेको आरोप समेत लगाए। देउवा सरकारले पूर्ववर्ती सरकारका काम निरन्तरता दिन नचाहेको पनि उनले बताए।

‘राष्ट बैंकलाई मन्त्रालयको अंगको रुपमा चलाउन कोसिस गरियो। सरकारले मौद्रिक नीति ल्याउनका लागि गर्भनरलाई ल्याउन नदिन हस्तक्षप गर्‍यो। ओलीको सरकारले ७ प्रतिशत अर्थिक वृद्धि हासिल गरेको थियो तर अहिले ३ प्रतिशतको प्रक्षेपण गरिएको छ। नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने संकेतहरु देखिएका छन्,’ पौडलेले भने। उनले हालको सरकारले व्यापार घाटामा छलाङ मारेको समेत दाबी गरे।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक सरकारले सम्हाल्दा भूकम्प र नाकाबन्दी पछिको अवस्था रहेको र दोस्रो पटक ओली सरकार हुँदा कोभिड १९ महामारी रहेको भन्दै ती समयमा पनि आर्थिक चुनौतीलाई सामना गरिएको बताए।

उनले शेरबहादुर देउवालाई देशको आर्थिक अवस्था सबल बनाएर हस्तान्तरण गरेर गएको समेत दाबी गरे।

‘नयाँ सरकारलाई सबल आर्थिक अवस्थामा छोडेका थियौं। सुरुका तीन वर्षमा ७ प्रतिशत सम्म आर्थिक वृद्धि भएको थियो। त्यतिबेला सरकारी वित्त सन्तुलित अवस्थामा थियो। तरलताको अवस्था थिएन। एमालेले सरकार छाडनेबेलामा सबल र सुद्धिद्ध छोडेको थियो। कोभिडको सामना गरेर पनि मुलुकको आर्थिक अवस्थामा प्रभाव पर्न दिएका थिएनौं,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell