PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

श्रीलंकाका अर्थमन्त्री भागे रे, यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन : सुरेन्द्र पाण्डे



पहिलोपोस्ट

श्रीलंकाका अर्थमन्त्री भागे रे, यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन : सुरेन्द्र पाण्डे

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डले देश आर्थिक संकटको निकट रहेको बताएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले नेपालमा पनि श्रीलंका झैं आर्थिक संकट आउन सक्ने बताएका हुन्।

श्रीलंकामा आर्थिक संकट चल्दै गर्दा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेकका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि नियुक्त भएका अर्थमन्त्रीले दुई दिनमा नै राजीनामा दिएका थिए। त्यही घटनालाई लक्षित गर्दै उनले नेपालमा पनि अर्थमन्त्री जनार्दन शर्मा भाग्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन्। नियुक्त भएको दुई दिनमा नै पद छाड्ने घोषणा गरेका श्रीलंकाली अर्थमन्त्री अली सब्री फेरि पद सम्हाल्न फर्किसकेका छन्।

‘श्रीलंकामा अर्थमन्त्री भागे रे भन्ने सुनिन्छ। कतै यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन?’ उनले प्रश्न गरे।

पाण्डेलले संकट आउने अवस्था भए सबैलाई बोलाएर छलफल गर्न जुट्न पर्ने बताए। सरकार आफ्नो जिम्मेवारीबाट भाग्दै हिङेँ देशमा आर्थिक संकट आउने उनको दाबी छ।

‘सरकारले त संकट आउन लागेको छ भने हामी सबलाई बोलाएर छलफल गर्ने हो। र, समझदारी कायम गर्नुपर्ने हो। अहिले राजनीतिक भन्दा आर्थिक संकट आउने देखिन्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell