PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अर्थतन्त्र बचाउन सरकारले केही काम गरेन : युवराज खतिवडा, 'खतराको घण्टी बजिसक्यो, मन्त्री पैसा मागेर हिँडदैछन्'



पहिलोपोस्ट

अर्थतन्त्र बचाउन सरकारले केही काम गरेन : युवराज खतिवडा, 'खतराको घण्टी बजिसक्यो, मन्त्री पैसा मागेर हिँडदैछन्'

काठमाडौं : पूर्व अर्थमन्त्री युवराज खतिवडाले शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यान आर्थिक समस्या हल गर्नुभन्दा अन्यत्र रहेको बताएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि नेकपा एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले चालु आर्थिक खर्चको सीमा नाघ्ने अवस्था रहेको बताएका हुन्।

देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने अवस्था सिर्जना भएको भन्दै उनले अर्थमन्त्री जनार्दन शर्मालेले समस्या हल गर्न कुनै काम नगरेको उनले आरोप लगाए।

उनले गभर्नर अधिकारीलाई हटाउने निर्णय संवैधानिक नभएको समेत दाबी गरे। राष्ट्र बैंकका गर्भनरका रुपमा समेत काम गरिसकेका खतिवडाले सरकारले राष्ट्र बैंकको स्वायत्तता खोस्न खोजेको आरोप लागे।

‘अर्थमन्त्रीले आफ्नो असफलता लुकाउन गर्भनरलाई निलम्बन गरेको भन्ने कुरामा शंका छैन,’ खतिवडाले भने।

देश आर्थिक संकटमा फस्ने अवस्थामा रहेको बेला निर्वाचनका लागि भन्दै मन्त्रीहरुले पैसा चाहियो भनेर खुलम खुल्ला मागिरहेको उनको आरोप छ। वर्तमान सरकार आर्थिक संकट आउनबाट रोक्न भन्दा गठबन्धन जोगाउन मात्र केन्द्रित रहेको उनले बताए।

‘सरकार अर्थमा आएको संकटमा पनि आनन्द मानिरहेको छ,’ उनले भने।

खतिवडाले नेपाल आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका हुने त होइन भन्ने कुरा फैलिरहेको भन्दै खतराको घण्टा बजिसकेको बताए।

‘अहिले खाद्य वस्तुको र पेट्रोलको मुल्य वृद्धि भएको छ। आम जनतामा हामी श्रीलंका त हुन्नौं भन्ने सुनिन्छ। चालु खाता घाटा चार खर्ब भइसकेको छ। अहिले खतराको घण्टी बजिरहेको छ। अघिल्लो वर्ष भुक्तानी सन्तुलनमा थियो तर अहिले असन्तुलन बढिरहेको छ। बैंकिङ प्रणालीमा अहिले लगानी योग्य रकम छैन। अहिले डिजिटल करेन्सी सरकारका सबै निकायले क्रिप्टो रोक्न काम गर्नु पर्थ्यो। तर काम नहुँदा पैसा हरायो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell