PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

जनकपुरधाम उपमहानगरको मेयरमा एमालेले गर्‍यो शिवशंकर साहको नाम सिफारिस



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगरको मेयरमा एमालेले गर्‍यो शिवशंकर साहको नाम सिफारिस

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ।

एमालेको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका साहलाई आइतवार मेयर पदका लागि सर्वसम्मतले सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए। नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेद्वारको रुपमा र सर्वसम्मत रुपमा हिराको नाम सिफारिस गरिएको बताए।

सिफारिसमा परेका हिराले जनकपुरधामका विभिन्न युवा कमिटीहरुको नेतृत्व चयनदेखि कमिटीको गतिविधिमा समेत सक्रिय सहभागिता जनाउने गरेका छन्। उनी जनकपुर उद्योग वाणिज्य संघ र मधेश प्रदेश उद्योग वाण्ज्यि संघको अध्यक्ष समेत रहिसकेका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट पनि मेयर पदका लागि दाबेदार रहेका उनले अन्तिममा टिकट पाउन सकेका थिएनन्।

हिरा एमाले प्रवेश गरेसँगै नगरप्रमुखमा चुनाव लड्ने तयारीमा निरन्तर लागिपरेका थिए।

त्यस्तै, जनकपुरधाम वडा नम्बर १० को वडाअध्यक्षको पदमा शुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सर्वसम्मत रुपमा छनोट गरिएको श्यामकिशोर मण्डलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell