PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पूजाको सम्झनामा छन् कि बिर्सनामा आकाश श्रेष्ठ ?



पहिलोपोस्ट

पूजाको सम्झनामा छन् कि बिर्सनामा आकाश श्रेष्ठ ?

काठमाडौं: एक महिनाअघि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरिन्। केही समय युद्धको चर्चा त भयो तर पछि अभिनेता आकाश श्रेष्ठको चर्चा बढी चल्यो। कारण : पूजा र आकाशबिचको सम्बन्धलाई लिएर चलेको गसिपहरु।

फिल्म ‘रामकहानी’बाट पूजा शर्मा र आकाश श्रेष्ठको मित्रता सुरु भएको थियो। त्यसपछि ‘सम्हालिन्छ कहिले मन, 'पोइ पर्‍यो काले' जस्ता फिल्ममा दुवैले सँगै काम गरे। उनीहरूबिच प्रेमसम्बन्ध रहेको चर्चा समेत चल्यो। तर उनीहरूले सार्वजनिक रुपमा नै सम्बन्ध रहेको अस्विकार गर्दै आइरहेका थिए। दुवैजनाले एकअर्कालाई मिल्ने साथीका रुपमा प्रस्तुत गरिरहे।  

पूजाले प्रेमी सार्वजनिक गरेपछि भने निकै मिल्ने साथी रहेको बताउने दुवैले अनौठो व्यवहार देखाउन थालेको चर्चा रंगकर्मीहरुबिच चल्न थाल्यो। उनीहरुले एकअर्कासँग सहकार्य गर्न छाडेको बताइयो। कार्यक्रममा समेत एकअर्कासँग दूरी बढाउन थालेको अर्को गसिप आउन थाल्यो।

ती सबै गसिपलाई चिर्दै धेरैपछि आकाश र पूजा आज सँगै एकसाथ देखिए। उनीहरू फिल्म 'सम्झना बिर्सना' को गीत रिलिज कार्यक्रममा सँगै देखिएका हुन्। यस फिल्ममा पूजा र आकाशकै मुख्य भूमिका रहेको छ।

सोही क्रममा उनीहरूको चिसिएको सम्बन्धबारेमा पत्रकारले प्रश्न तेर्साए। तपाईंहरूको सहकार्य 'सम्हालिन्छ कहिले मन' पछि हुन्छ कि हुँदैन ? आजभोलि म्युजिक भिडियो पनि आएको छैन?

जवाफमा पुजाले भनिन्, 'मलाई धेरै प्रोजेक्टहरू आएको छ। को-एक्टर को भन्दा आकाशकै नाम आउँछ। तर सुरूमा अहिले म स्क्रिप्टमै ध्यान दिइरहेकी छु। म पनि कलाकार, उ पनि कलाकार। सहकार्य भइहाल्छ नि। हामीहरूले सँगै काम नगर्नु भन्ने छ र?'  

उनले फिल्मको कथाहरू 'रियल लाइफ'मा मिलिरहेको समेत बताइन्। 'आजभोलि फिल्मको कथाहरू मिलिरहेको छ। म यस्तो गीत गाउँछु २ को स्टोरी पनि लगभग मिलेको थियो। अनि यो पनि सम्झना बिर्सना भन्यो अलि अलि त्यस्तै फिल आइरहेको छ' उनले भनिन्।

त्यसपछि पुजालाई प्रश्न सोधियो 'त्यसो भए फिल्म बनाउँदा आकाश सम्झनामा थियो अहिले बिर्सना?

'होइन् आकाश सधैँ सम्झनामै छ। तर दु:खहरू र नकरात्मक कुराहरू बिर्सनामा छन्। सम्झनामा त आकाश जहिल्यै रहन्छ नि,' पुजाले जवाफमा भनिन्। पूजा र आकाश अभिनित फिल्म 'सम्झना बिर्सना' आगामी जेठ ६ गते रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell