PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

‘महापुरुष’ मा अनुबन्धित भए महजोडी



पहिलोपोस्ट

‘महापुरुष’ मा अनुबन्धित भए महजोडी

काठमाडौं : हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म‘महापुरुष’ बन्ने घोषणा भएको छ। प्रदीप भट्राईको निर्देशन रहने फिल्मको बैशाख दोस्रो साताबाट छायाङ्कन  सुरू हुनेछ। षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने फिल्ममा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन्।

फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रा र जात्रै जात्रा’ मा सहकार्य गरिसकेका छन्। फिल्ममा श्रेष्ठ र आचार्यसँगै गौरी मल्ल,अरुण क्षेत्रीको पनि अभिनय रहनेछ। अरुणले यसै फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्दैछन्।

फिल्ममा अन्य कलाकार र अभिनेत्री छनोट प्रक्रिया चलिरहेको निर्माण टिमले जानकारी दिएको छ। यस फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell