PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्दा व्यवसायी उत्साहित



पहिलोपोस्ट

अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्दा व्यवसायी उत्साहित
तस्विर : रासस

काठमाडौं : पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। पर्यटककको संख्‍यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।

कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो। दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन्। दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ। अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन्।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए।

‘पदमार्गमा असोजदेखि चहलपहल बढेको छ’, उनले भने।

मंसिर र पुसमा हिमपातका कारण सुस्ताएको पर्यटकीय गतिविधिमा अहिले चहलपहल बढ्न थालेको छ। पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell