PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर एक प्यालेस्टाइनी महिलाको मृत्यु



पहिलोपोस्ट

इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर एक प्यालेस्टाइनी महिलाको मृत्यु
Photo : Jaafar Ashtiyeh/AFP

इजरायली प्रहरीले बेथलेहमस्थित ‘वेस्ट बैंक’मा एक प्यालेस्टाइनी महिलामाथि गोली प्रहार गरेको प्यालेन्टाइनको स्वास्थ्य मन्त्रालयले जनाए्को छ।हुसन शहरमा पहिला इजारयली सुरक्षाकर्मीले हवाइ फायर गरेको र त्यस पछि ती महिलाको शरीरको तल्लो अंगमा गोली चलाएको अलजजिराले उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालयले गोली लागेकी करिब ४० वर्षकी महिलाको मृत्यु भएको जनाएको छ।

इजरायलको तेल अभिभमा आक्रमण भएपछि इजरायलले ‘वेस्ट बैंकमा’ खोज अनुसन्धानलाई व्यापकता दिएको छ। शनिवार पनि जेनिन शरणार्थी शिविरमा पनि इजरायली सुरक्षाकर्मीको गोली लागि एकजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell