PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

जेठ दोस्रो साताबाट नेपाल बास्केटबल लिग हुने



पहिलोपोस्ट

जेठ दोस्रो साताबाट नेपाल बास्केटबल लिग हुने
FILE PHOTO

काठमाडौं  : नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल २०७९ साल जेठ ७ र महिला लिग जेठ १८ गतेदेखि हुने जानकारी दिइएको हो। दुई महिनासम्म संचालन हुने एनबिएललिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा हुनेछ।

शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन। प्लेअफका खेलहरु असार ३२ बाट सुरु हुनेछ। पुरुष तर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुनेछन्।

लिगमा पुरुषतर्फ ८ टोलीले सहभागिता हुनेछन् भने भने महिला तर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष तर्फ टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब, रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले सहभागिता जनाउनेछन्।

यस्तै महिला तर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ। एक टिम निश्चित हुन बाँकी रहेको नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरुण कार्कीले जानकारी दिए। प्रतियोगितामा एक टोलीले ४ विदेशी खेलाडी समावेश गर्न पाउनेछन भने दुई खेलाडीले कोर्टमा खेल्न पाउन प्रावधान तोकिएको छ।

एनबिएल पुरुष विजेता टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने महिला विजेता  टोलीले १ लाख रुपैयाँ पाउनेछ। पुरुष तर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने छन्। यस्तै, हरेक खेलमा मस्ट भ्यालुएबल खेलाडीले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्। लिगका उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ बराबरको गिफ भौचर प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell