PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्ने आपूर्ति मन्त्री बडूको भनाइ



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्ने आपूर्ति मन्त्री बडूको भनाइ

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संघसंगठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्ने बताएका हुन्।

विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको संकटको असर नेपालमा समेत परेको भन्दै बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए। पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार सकारात्मक भएको भन्दै उनले पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान

पछिल्लो समय इन्डियल आयल कर्पोरेशन (आइएसपी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ। निगमले उपभोक्ता मूल्य बढाएर व्यवसायीलाई दिइने कमिशन नबढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell