PahiloPost

Jul 3, 2024 | २० असार २०८१

वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्यः मुख्यमन्त्री राउत



पहिलोपोस्ट

वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्यः मुख्यमन्त्री राउत

जनकपुरधामः मुख्यमन्त्री लालबाबु राउतले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। आइतबार क्रिएसन संस्थाले जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

चुरेको निरन्तर क्षयीकरणका कारण मधेश प्रदेश प्राकृतिक विपदको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले चुरे संरक्षणको साथै अन्य वातावरणीय संरक्षणका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए।

मधेशका १० स्थानीय तहबाट सुरु हुन लागेको उक्त कार्यक्रम वातावरण तथा जलवायु संरक्षणमा युवाको सहभागितालाई जोड दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell