PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

जनकपुर टि-२०: रोयल ११ र जयनगर विजयी



पहिलोपोस्ट

जनकपुर टि-२०: रोयल ११ र जयनगर विजयी

जनकपुरधामः जनकपुरमा जारी जनकपुर टि-२० क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा रोयल ११ र जयनगर (भारत) क्रिकेट टिम विजयी भएका छन्।

प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा रोयल ११ ले बगेवा क्रिकेट टिमलाई १०० रनले पराजित गरेको छ। रोयलका लागि सुयोग प्रजापतिले ९९ रनको योगदान दिए। रोयलले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा बगेवा ५४ रनमै समेटिएको थियो।

आइतबार नै भएको दोस्रो खेलमा जयनगर टिमले उमगाँव टिमलाई २६ रनले पराजित गरेको छ। जयनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको उमगाँव टिम मात्र १४० रनमा समेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell