A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6994b31dbd7812.17686460): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6994b31dbd7812.17686460,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6994b31dbdc1e5.67090866): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6994b31dbdc1e5.67090866,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

हेटौँडा उपमहानगरको प्रमुख र उपप्रमुख बन्न नेताहरुको लाइन, ‘दाबी छाड्दैनौँ, निर्वाचन होस्’
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

हेटौँडा उपमहानगरको प्रमुख र उपप्रमुख बन्न नेताहरुको लाइन, ‘दाबी छाड्दैनौँ, निर्वाचन होस्’



निशा गुरुङ

हेटौँडा उपमहानगरको प्रमुख र उपप्रमुख बन्न नेताहरुको लाइन, ‘दाबी छाड्दैनौँ, निर्वाचन होस्’

हेटौँडा: वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आइतबार बसेको नेकपा (एमाले) हेटौंडा नगर कमिटीको बैठक निष्कर्षविहीन भएको छ। बैठकमा उपमहानगरपालिका प्रमुखका लागि ९ जना र उपप्रमुखका लागि ७ जनाले दाबी गरेका थिए। सहमतिको प्रयास भए पनि कसैले पछि हट्ने संकेत नदेखाएपछि बैठक स्थगित भएको छ।

प्रमुख पदमा वर्तमान मेयर हरिबहादुर महत र एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इञ्चार्ज रामेश्वर रानाले दाबी पेश गरे। यस्तै, मेयरका लागि एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, नेताहरु रघुनाथ खुलाल, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन, गणेशकुमारी प्रधानले पनि आकांक्षा देखाएका छन्।

उपप्रमुख पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतीमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालले दाबी पेस गरेका छन्।

चैत २८ गते सहमतिको प्रयास गरिने र नभएमा २९ गते निर्वाचन प्रक्रियाबाट नै टुंगो लगाउने निर्णय भएको एमाले हेटौँडा उपमहानगरपालिका अध्यक्ष शालिकराम पुडासैनीले जानकारी दिए।

निर्वाचनकै पक्षमा आकांक्षी

प्रमुख र उपप्रमुखमा दाबी गर्नेहरुले सहमति नभए निर्वाचन प्रक्रियामा नै जानुपर्ने बताएका छन्। हालका मेयर हरिबहादुर महतले कार्यकर्ता देखाएर पद नपाइने भन्दै निर्वाचन प्रक्रियामा नै जानुपर्नेमा जोड दिए। उनले आफूले पाँच वर्षको अवधिमा ९० प्रतिशतभन्दा बढी काम गरेको हुँदा जनताले मत दिने विश्वास व्यक्त गर्दै दाबी पेश गरेको बताए। फेरि टिकट पाएमा गठबन्धनलाई हराउन सक्ने एकमात्रै उम्मेद्वार आफू रहेको महतको दाबी छ।

प्रमुखमै दाबी गरेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले पनि जिल्ला, प्रदेश र संघमा नेतृत्व गरिसकेका अनुहार भएकोले अबको पालो नयाँ अनुहारको भएको बताए। श्रेष्ठले शीर्ष तहका नेताहरुलाई प्रदेश केन्द्रमै जान आग्रह गर्दै जिल्लामा जिल्ला तहका नेताहरुलाई अवसर दिनुपर्ने भन्दै आफ्नो दाबी मेयरमा रहेको बताए। अर्को आकांक्षी मदन दाहालले पनि पटकपटक नेतृत्व गरिसकेको मान्छे दोहोरिँदा युवाले अवसर नपाएकाले आफू पछि नहट्ने बताए।

प्रमुख पदमा दाबी गरेकी एकमात्र महिला नेतृ गणेशकुमारी श्रेष्ठले पनि अब पालो महिलाको भन्दै पछि नहट्ने बताइन्।

उपप्रमुख पदका आकांक्षीहरुले पनि निर्वाचनको माग गरेका छन्। उनीहरुले निर्वाचनको माग गर्दै मत माग्न सुरु समेत गरिसकेका छन्।

गठबन्धनलाई हराउन सक्ने उम्मेद्वार चाहिन्छ

नगर कमिटी बैठकमा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले भने गठबन्धनलाई पराजित गर्न सक्ने उम्मेदवार चाहिएको बताए। उनले सबैलाई सहमतिमा आउन आग्रह समेत गरे।

‘मेरो तेरो मान्छे नभनी गठबन्धनलाई हराउन सक्ने क्षमता भएको उम्मेद्वार आउनुपर्छ। सर्वसम्मत भएर अगाडि बढौँ’, उनले बैठकमा भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell